शुक्रबार, चैत १६, २०८०

काठमाडौं उपत्यकामा घट्न थाले कोरोना संक्रमित

नेपालखोज २०७७ भदौ २१ गते १७:१७

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३५४ जना संक्रमितमध्ये काठमाडौंका २९० रहेको मन्त्रालयले जनाएको हो । यसैगरी पछिल्लो २४ घण्टामा काठाडौंमा मात्र थप ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन ।

यसअघि शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना गरी जम्मा ४०८ संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

प्रतिक्रिया