शुक्रबार, वैशाख १४, २०८१

समयमै मल आपूर्ति नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही गरिने

नेपालखोज २०७७ भदौ २१ गते १९:३५

काठमाडौं । कृषि सामग्री कम्पनीले समयमा मल आपूर्ति नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ । कृषि मन्त्रालय अन्तर्गतको सो कम्पनीले मल आपूर्तिका लागि ठेक्का लगाएको थियो ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने निर्णय भएको हो । कृषि सामग्री कम्पनीले दुवैसँगको ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने, समयमै मल आपूर्ति नगरेका कारण भएको क्षतिपूर्ति भराउने र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

सो सरकारी कम्पनीले दुवै ठेकेदार कम्पनीलाई २५–२५ हजार मेट्रिक टन मल आपूर्ति गर्ने ठेक्का दिएको थियो । दुवै कम्पनीले भदौ २० गतेसम्म सबै मल ल्याइसक्ने बताएका थिए ।

प्रतिक्रिया