बिहीबार, वैशाख १३, २०८१

यूईएफए नेसन्स लिगमा वेल्सको लगातार दोस्रो जित

नेपालखोज २०७७ भदौ २१ गते २१:४१

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा वेल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियालाई १(० गोल अन्तरले पराजित गर्दै वेल्सले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गरे । कार्डिफ सिटी स्टेडियममा खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

घरेलु मैदानको जितसँगै वेल्सले २ खेलमा ६ अंक जोडेको छ । लिग ’बी’ समूह चारको वेल्स समूहको शीर्ष स्थानमा रहेको छ । वेल्सले पहिलो खेलमा फिनल्याण्डलाई १(० ले हराएको थियो ।

बुल्गेरियाको यो पहिलो हार हो । बुल्गेरिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बुल्गेरियाले आयरल्याण्डसँग १(१ गोलको बराबरी खेलेको थियो । यस समूहमा १ खेलमा १ अंक जोडेको आयरल्याण्ड दोस्रो र अंक विहीन फिनल्याण्ड पुछारमा रहेको छ ।

प्रतिक्रिया