शुक्रबार, वैशाख ७, २०८१

लिवर्टी इनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

नेपालखोज २०७७ भदौ २२ गते ११:५०

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको छ । सम्झौतामा लिवर्टी ईनर्जी कम्पनीका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

लिवर्टी ईनर्जीको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायत शेयरधनीहरुको लगत अद्यावधिक सहितको सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्ने बताइएको छ ।

प्रतिक्रिया