शुक्रबार, चैत १६, २०८०

करेन्ट लागेर चालकको मृत्यु

नेपालखोज २०७७ भदौ २२ गते १६:१४

रसुवा । स्काभेटरलाई विद्युुत तारले छुँदा करेन्ट लागेर सोमबार एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् ।

घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पुर्‍याइए पनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिए ।

बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । राजमार्ग छेउमा रहेको धुञ्चे –स्याफ्रु ११ केभी विद्युत प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ ।

प्रतिक्रिया