शुक्रबार, वैशाख १४, २०८१

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ भदौ २३ गते ८:३४

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका अधिकांश स्थानमा सामान्य बदली पानी पर्ने सम्भावना रहेको छ ।

अहिले सामान्यताया बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरु हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । आज दिउँसोपछि देशका केही स्थानमा बदली रही मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया