शुक्रबार, वैशाख १४, २०८१

कोरोना अपडेट : नेपालमा आज संक्रमण भन्दा मुक्त हुने बढी

नेपालखोज २०७७ भदौ २३ गते १७:३०

नेपाल खोज डेस्क, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ । आज मात्रै ९०२ जना संक्रमण पुष्टि भएकोमा दुई हजार २८७ जना संक्रमण मुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण भइ उपचारपछि निको भएर ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर नेपालमा ६८.५ प्रतिशत रहेको छ । नेपालमा आजसम्मको तथ्यांकअनुसार कोरोना संक्रमण भएर निको हुनेमा प्रदेशअन्र्तगत प्रदेश १ मा २ हजार ८ सय १६, प्रदेश २ मा ९ हजार ५ सय २३, वाग्मतीमा ५ हजार ४, गण्डकीमा १ हजार ९ सय ९२, प्रदेश ५ मा ५ हजार ७ सय ७१, कर्णालीमा २ हजार ३ सय ९८, सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरि कुल ३२ हजार ९ सय ६४ जना रहेका छन् । नेपालमा भदौ १७ गते १ हजार १ सय १२, १८ गते ९ सय १७, १९ गते १ हजार ३ सय ५४, २० गते १ हजार ५ सय ६६, २१ गते १ हजार ८ सय १४, २२ गते १ हजार ७ सय ३६ र आज २३ गते सबैभन्दा बढी २ हजार २ सय ८७ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको कुल संख्या ४७ हजार २सय ३६ पुगेको जानकारी दिए । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ८८हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा ८५ जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

प्रतिक्रिया