बिहीबार, वैशाख ६, २०८१

प्रवेश नाकामा सेना लगाएर निषेधाज्ञा खुकुलो पार्न सुझाव

नेपालखोज २०७७ भदौ २४ गते ६:५०

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकाका मेयरहरूको फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सेना परिचालन गरेर प्रशासनले लगाएको निशेधाज्ञा खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ ।

मेयर फोरमको हिजो बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकाबाट प्रवेशमा कडाइ गर्नका लागि सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी उपत्यका प्रवेश गर्ने सीमा नाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताए ।

त्यस्तै, सरकारको विरोध र समर्थनमा ¥याली निकाल्ने, भेला, अनशन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको श्रेष्ठले बताए ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरू संचालन गर्न दिनु पर्ने तरर अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमन गरि पालना नगर्नेलाई कारबाही गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया