शुक्रबार, चैत १६, २०८०

चीनले कोरोनाबारे विश्वलाई समयमै सही जानकारी दिएर करोडौं मानिसको ज्यान जोगियो : राष्ट्रपति सी

नेपालखोज २०७७ भदौ २४ गते ६:५६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनपिङ्ले कोरोना महामारीका सम्बन्धमा आफुहरुले विश्वलाई समयमै सही जानकारी दिएर करोडौं मानिको ज्यान जोगिएको बताएका छन् ।

बेइजिङमा हिजो आयोजित कोभिड–१९ विरुद्ध चीनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान कार्यक्रममा उनले चीनले खुला र पारदर्शी तरिकाले इमान्दारिता देखाउँदा करोडौं व्यक्तिको ज्यान जोगिएको जिकिर गरे ।

अमेरिकालगायत केही देशहरुले चीनको सुरुवाती असफलताले विश्वभर कोरोना भाइरसको महामारी फैलाएको आरोपलाई खण्डन गर्दै राष्ट्रपति सीले आफुहरुको प्रयासमा शंका नगर्न आग्रह समेत गरेका छन् ।

उनले महामारीपछि चीन आर्थिक बृद्धिमा फर्कने पहिलो मुलुक बनेको बताएका छन् । कार्यक्रममा सीले चीनमा कोरोना भाइरस विरुद्धको अभियानमा मुख्य भूमिका निर्वाह गर्ने कोरोना भाइरस विशेषज्ञ तथा शीर्ष स्वास्थ्य सल्लाहकार झोङ नानसानलाई देशको उच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ बाट सम्मान गरेका छन् ।

प्रतिक्रिया