बुधबार, वैशाख १२, २०८१

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ भदौ २४ गते ८:४२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

ती जिल्लामा सानादेखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

यस्तै आज बिहान नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला आसपासमा अति भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको उच्च जोखिम रहेको छ । आज दिउँसो र राति प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया