बुधबार, असार १८, २०८२

क्यालिफोर्नियाको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलियो

नेपालखोज २०७७ भदौ २४ गते १०:०५

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलोबाट आठ जनाको ज्यान गैसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ ।

डढेलोका कारण ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति भैसकेको बीबीसीले जनाएको छ । एउटै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक भएको विभागले जनाएको छ ।

विभागले हावाहुरीका कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको बताएको छ । क्यालिफोर्निया विश्वविद्यालयका जलवायुविज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताएका खबरमा उल्लेख छ ।

क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।

प्रतिक्रिया