एक घण्टामा १.२२ अंक बढ्यो नेप्से, ३८ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ भदौ २४ गते १२:२५

काठमाडौं । बुधवार एक घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक १ दशमलव २२ अंक बढेर १ हजार ४९६ दशमलव ३७ विन्दुमा पुगेको छ । १ हजार ४९८ दशमलव ५० विन्दुदेखि खुलेको बजार १ हजार ५०१ विन्दुसम्म पुगेको थियो ।

एक घण्टाको कारोबार अवधिमा नेप्सेमा बुधवार ३८ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । १७० कम्पनीको ४ हजार ३२७ पटकको व्यापारमा उक्त रकम बराबरको ६ लाख ४८ हजार २६३ कित्ता शेयर कारोबार भएको हो । यो अवधिमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ३६ अंक घटेर २९९ दशमलव १२ विन्दुमा झरेको छ ।

यस अवधिमा कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको परिसूचक सर्वाधिध २ दशमलव ३४ अंंकले बढेको छ । दोस्रो कारोबार दिन रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधवार सर्वाधिक रकमको कारोबार नागरिक लगानीकोषको भएको छ । एक घण्टामा नागरिक लगानीकोषको ८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया