बिहीबार, वैशाख १३, २०८१

दुई घण्टामा ९१ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ४ दशमलव ५३ अंक बढ्यो

नेपालखोज २०७७ भदौ २४ गते १३:२५

काठमाडौं । बुधवार दुई घण्टाको कारोबार अवधिमा ९१ करोड ४७ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म १८५ कम्पनीको ११ हजार २८४ पटकको कारोबारमा उक्त रकम बराबरको १६ लाख ८५ हजार ६१ कित्ता शेयर कारोबार भएको हो ।

नेप्से परिसूचक पनि ४ दशमलव ५३ अंक बढेर १ हजार ४९९ दशमलव ६८ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने श्ुन्य दशमलव ६१ अंक घटेर २९८ दशमलव ८६ विन्दुमा झरेको छ । दुई घण्टाको कारोबारमा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स ,राष्ट्रिय ब्ीमा कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको मूल्य १० प्रतिशतले बढेको हो । सर्वाधिक रकमको कारोबार गरिरहेको नागरिक लगानीकोषको दुई घण्टामा ११ करोड ६४ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया