बुधबार, असार १८, २०८२

सातै प्रदेशमा प्रतियोगिता सम्पन्न

नेपालखोज २०७७ भदौ २४ गते १६:१९

काठमाडौ । राष्ट्रिय बाल दिवसको २०७७ को अवसर पारेर भर्चुअल रुपमा सातै प्रदेशमा प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समाजिक विकास मन्त्रालयको आयोजना तथा बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) लगायत विभिन्न संघ संस्थाहरुको समन्वयमा सात वटै प्रदेशमा प्रतियोगीताको आयोजना गरिएको हो ।

भाद्र २२ र २३ गते भएको उक्त प्रादेशिक वक्तृत्वकला प्रतियोगिताबाट छनोट भएका २१ जना बालबालिका भाद्र २५ गते हुने राष्ट्रिय स्तरको कार्यक्रममा सहभागि हुनेछन । सो राष्ट्रिय स्तरको कार्यक्रमबाट प्रथम, द्वितिया र तृतिया हुने सहभागिको नाम भाद्र २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्बाट आयोजना हुने कार्यक्रममा पुरष्कृत गरिने, राष्ट्रिय बाल अधिकार परिषदका परियोजना संयोजक आत्मराम थापाले बताए । ‘कोभिड–१९’ महामारीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु विषयक उक्त प्रतियोगीतामा ६४ वटा जिल्लाका १८० बालबालिकाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया