बिहीबार, चैत १५, २०८०

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ भदौ २५ गते ९:२३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सबैजसो ठाउँको मौसम बद्ली भएको छ । प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज देशभरको मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना छ । आज राति पनि केही ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि र पर्सि पनि देशभरको मौसम यस्तै रहने छ । दिउँसोको समयमा केहीबेर घाम लागे पनि फेरि बद्ली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आज प्रदेश १, २ र ५ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको सम्भावना रहेकाले सावधानि अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया