शुक्रबार, वैशाख १४, २०८१

आगलागी हुँदा ७५ लाखको नोक्सानी

नेपालखोज २०७७ भदौ २५ गते १३:३९

कैलाली । उपमहानरपालिका-१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा आगलागी भएको छ ।

बुधबार राति विद्युत सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । सप्लायर्सभित्र रहेको चामल, दाल, चियापत्ती लगाएतका सामानहरू जलेर करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

सीमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाको खबर प्राप्त हुनासाथै गएकोले धेरै क्षेति हुनबाट जोगिएको प्रहरीले भने ।

प्रतिक्रिया