बिहीबार, वैशाख १३, २०८१

सामुहिक लगानी कोषसम्बन्धी नियमावली संशोधन

नेपालखोज २०७७ भदौ २५ गते १४:१४

काठमाडौं । गत बुधबार देखि नेपाल धितोपत्र बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृती गरेको सामुहिक लगानी कोष (चौथो संशोधन) नियमावली लागू गरेको छ ।

बोर्डले संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुनः खरीद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाका आधारमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको हो । यस अघि उक्त आयको लेखाकंन योजना व्यवस्थापकले गर्ने गरेको थियो । यो व्यवस्थाले इकाईधनी (लगानीकर्ता) को कोष मजबुत भइ बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डले बताएको छ ।

उक्त नियामवलीको नियम ४० को उपनियम ४ मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ति गर्दा बोर्डबाट स्वीकृती लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो भने अहिले बोर्डलाई जानकारी गराएर मात्र नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामुहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताको हितमा हुने बोर्डले अपेक्षा गरेको छ ।

 

प्रतिक्रिया