एनआइसी एशिया ग्रोथ फण्डको मूल्य समायोजन
नेपालखोज
२०७७ भदौ २५ गते १४:२९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनआईसी एशिया ग्रोथ फण्डको लाभांश पछिको इकाईको मूल्य समायोजन गरेको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाको १२ प्रतिशत नगद लाभांश प्रयोजनका लागि भदौ २५ गते बुक क्लोज गरेको छ । नेप्सेले उक्त लाभांशपछिको इकाईमूल्ये तोकेको हो ।
नेप्सेले यस योजनाको बुधवार कायम अन्तिम इकाई मूल्य रू. ११ दशमलव १९ को आधारमा समायोजन पश्चातको मूल्य रू. ९ दशमलव ९९ तोकेको हो । बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कायम भएका इकाईधनीहरुले मात्र यो प्रतिफल पाउनेछन् ।
सम्बन्धित
प्रतिक्रिया