काठमाडौं महानगर वडा १८ भित्र फुटपाथ पसल संचालन गर्न नपाइने
नेपालखोज
२०७७ भदौ २५ गते २१:२७
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निषेधाज्ञा खुकुलो गर्दै सीमित व्यापार व्यवसायहरु खोल्न अनुमति दिएको छ।
जसमा फुटपाथ पसल संचालन गर्न पनि प्रशासनले स्वीकृति दिएको छ। कोरोना संक्रमण फैलिरहेको अवस्थामा फुटपाथ पसल राख्दा बढी भिडभाड हुने भन्दै त्यस्तो पसल संचालनमा रोक लगाउन माग उठिरहेको बेला प्रशासनले निश्चित समयका लागि फुटपाथ पसल राख्न अनुमति दिएको हो।
तर काठमाडौं महानगरपालिका वडा १८ ले भने फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाएको छ। कोरोना संक्रमण बढ्दै गएको र महानगरको नीति बमोजित फुटपाथ पसल संचालन गर्न नपाउने भएकाले वडा क्षेत्रमा उक्त पसल संचालनमा प्रतिबन्ध लगाइएको वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए।
सम्बन्धित
प्रतिक्रिया