पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
नेपालखोज
२०७७ भदौ २६ गते ११:४२
चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८: १० बजे नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।
सम्बन्धित
प्रतिक्रिया