बिहीबार, चैत १५, २०८०

५ रेक्टर स्केलको भूकम्पले हल्लायो पूर्व झापा

नेपालखोज २०७७ भदौ २६ गते १२:१५

काठमाडौँ । शुक्रबार नेपाल–भारत सीमा नजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का पुर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा लगायता जिल्लामा महसुस गरिएको थियो ।

यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया