मंगलबार, असार १७, २०८२

आज थपिए १ हजार २०१ जना कोरोना संक्रमित, ८५२ जना डिस्चार्ज

नेपालखोज २०७७ भदौ २७ गते १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमित डिस्चार्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उनिहरु देशभरका विभिन्न कोभिड अस्पतालबाट निको भएर डिस्चार्ज भएका जानकारी दिए ।

योसँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३७ हजार ५ सय २४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय १ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर कोभिड संक्रमितको संख्यका ५३ हजार १२० जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ । ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ सय ३६ पुगेको छ । यसैवीच, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया