शुक्रबार, चैत ७, २०८१

बन्दावन्दीको चार महिनामा खाद्यान्न उत्पादन १५ प्रतिशतमा झर्यो

नेपालखोज २०७७ भदौ २८ गते १५:१३

काठमाडौं । कोभिड–१९ कारण सरकारले गरेको बन्दावन्दीका कारण खाद्यान्न अभाव हुने संकेत देखिएको छ । बन्दावन्दीको शुरुवाती दिनमा ३० प्रतिशतले भएको उत्पादन खाद्यान्न त्यसको चार महिनापछि १५ प्रतिशतमा घटेको तथ्यांकले देखाएको छ । नेपाल महिला चेम्वर्सकी अध्यक्ष उर्मिला श्रेष्ठले आज भएको भर्चुअल वैठकमा सो कुराको जानकारी दिएकी छिन् ।

Advertisement

साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडकी महाप्रवन्धक समेत रहेकी श्रेष्ठले व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नपाए पनि नियमित घरभाडा, कर्मचारीहरुलाई तलव खर्च गरिरहनु परेकाले अवस्था जटिल हुन थालेको समेत बताईन् ।

बजार चलायमान नभएकै कारण जर्वजस्ती खुलिएका पसल तथा व्यवसायहरुमा उपभोक्ताहरु नै नगईदिनाले अझ संकट परेको उनको तर्क थियो । पछिल्लो सयम सामान सार्दा कोरोना संक्रमण हुन्छ भन्ने जस्ता अफवाह फैलाएका कारण पनि कच्चा पदार्थ ढुवानीमा जटिलता उत्पन्न भएको श्रेष्ठको दावी थियो ।

महिला उद्यमीहरुलाई भर्चुअल वैठकमार्फत् आफ्नो भनाई राख्दै श्रेष्ठले सरकारकै तथ्यांकलाई हेर्ने हो भने पनि विदेशमा रहेका ५ लाख श्रमिक स्वदेश फर्केको र थप ८ देखि १० लाख श्रमिकलाई फर्काउनु पर्ने अवस्था रहेकाले उनीहरुको रोजगारीका लागि तयारी अवस्थामा सरकार रहनुपर्ने धारणा राखेकी थिइन् ।

प्रतिक्रिया