बिहीबार, वैशाख १३, २०८१

काठमाडौं उपत्यकामा सोमबार ५१२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २९ गते १७:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । आज १० हजार ८७८ जनाको पिसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १० हजार २६, भक्तपुरमा १ हजार ३१ र ललितपुरमा १ हजार १ सय ९० जना संक्रमित पुगेका छन् ।

नेपालमा आज एकैदिन १५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

हाल १५ हजार ३९३ जना सक्रिय संक्रमित छन् । यीमध्ये होम आइसलेसनमा ८ हजार ११८ छन् भने संस्थागत आइसोलेसनमा ७ हजार २ सय ७५ जना छन् ।

 

प्रतिक्रिया