शुक्रबार, वैशाख १२, २०८२

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

नेपालखोज २०७७ भदौ ३० गते २०:१२

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ। उर्जा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।

कोइराला प्राधिकरणको ११ औँ तहको उपकार्यकारी निर्देशक पदमा कार्यरत थिए। विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

कुलमानको मंगलबार प्राधिकरणबाट औपचारिक बिदाइसमेत गरिएको छ।

प्रतिक्रिया