भोली देशभरका सबै अदालत बन्द हुने
नेपालखोज
२०७७ भदौ ३१ गते १७:१८
काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोकमा भोलि देशभरका सबै अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीशको निधनमा एक दिन अदालत शोक बिदाका रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालत, सबै उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरु शोक बिदाका रुपमा बन्द रहने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सिंहको गएराति निधन भएको थियो ।
नेपाल कानुन पत्रिका प्रकाशनको सुरुवात सिंह प्रधानन्यायाधीश रहेका बेला भएको थियो । वि.स. १९७६ माघ २० गते सप्तरीमा जन्मिनु भएका सिंहले ०१३ जेठ ८ गते नियुक्त भई ०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा कार्य गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया