मंगलबार, असार १७, २०८२

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो, भोलिदेखि सबै व्यवसाय खोल्न पाइने

नेपालखोज २०७७ भदौ ३१ गते २१:०४

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेका छन्।

यससँगै काठमाडौँ उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ। निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै राखिएको पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको विज्ञप्ती जारी गरि जानकारी गराइएको छ । खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ । प्रशासनले खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ ।

त्यस्तै मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन् । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

 

प्रतिक्रिया