बिहीवार तेस्रो घण्टामै २ अर्बभन्दा बढीको शेयर कारोबार , परिसूचक ३१ दशमलव १९ अंक माथी उक्लियो
असोज १, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामै २ अर्ब ११ करोड २१ लाख २१ हजार बराबरको शेयर खरिद विक्री भएको छ । तेस्रो घण्टामा १८८ कम्पनीको उक्त रकम बराबरको ८३ लाख ९१ हजार २२९ कित्ता शेयर कारोबार भएको हो । तेस्रो घण्टामा बजार ३१ दशमलव १९ अंक माथी उक्लिएर १ हजार ५७२ दशमलव ५८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६८ अंक बढेर ३१२ दशमलव १६ विन्दुमा पुगेको छ ।
तेस्रो घण्टासम्ममा कारोबारमा आएका १२ समूहमध्य म्युचुअल फण्ड शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ भने बाँकी समुहको बढेको छ । यस दिन यो अवधिमा होटल समूहको सर्वाधिशक ९ दशमलव २३ प्रतिशत , जलविद्युत समूहको ८ दशमलव १३ प्रतिशत र वित्त समूहको ६ दशमलव २८ प्रतिशत बढेको छ । यस दिन बैंकिङ समूहको परिसूचकमा पनि २ दशमलव शून्य ८ प्रतिशत बृद्धि देखिएको छ ।
तेस्रो घण्टाको कारोबारमा चार कम्पनीको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । अपर तामाकोशी , रिलायन्स लाइफ इन्स्योरेन्स , सोल्टी होटल र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको हो । यस अवधिमा सिद्धार्थ इक्वीटी फण्डको इकाईमूल्य ५ दशमलव शून्य ७ प्रतिशतले र एनआरएन लघुवित्तको शेयरमूल्य ४ दशमलव २६ प्रतिशत घटेको छ ।
प्रतिक्रिया