बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
नेपालखोज
२०७७ असोज १ गते १५:१६
काठमाडौं । असोज १ गतेबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम प्युठानका लगि राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
त्यही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई मनोनित गरेका हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमाजिम नेपाल सरकारको सिफारिसमा गौतमलाई मनोनित गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया