माछापुच्छ्रे बैंकले यो वर्ष १०.४० प्रतिशत लाभांश दिने
नेपालखोज
२०७७ असोज १ गते १६:१८
असोज १, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको लागि गरेको छ १० दशमलव ४० प्रतिशत लाभांश दिने भएको छ । बैकले असोज १ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत कर सहित नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरणयोग्य हुनेछ । बैंकले गत वर्ष ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो । गत वर्षभन्दा लाभांशमा कमि आएपनि बोनस दर भने बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया