बिहीवार ३०.७८ अंकले बढ्यो शेयर बजार , ३ अर्बभन्दा बढीको कारोबारमा नेपाल पुनर्बीमाको सबैभन्दा बढी
बिहीवार ३०.७८ अंकले बढ्यो शेयर बजार , ३ अर्बभन्दा बढीको कारोबारमा नेपाल पुनर्बीमाको सबैभन्दा बढी
असोज १, काठमाडौं । बिहीवार शेयर बजार ३० दशमलव ७८ अंक बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक २ प्रतिशत बढेर १ हजार ५७२ दशमलव १८ विन्दुमा पुगेको हा । नेप्से परिसूचक सँगै बिहीवार सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३० प्रतिशत बढेर ३१२ दशमलव ५० विन्दुमा पुगेको छ ।
यो दिन १ हजार ५५५ दशमलव ८६ विन्दुदेखि खुलेको बजार १ हजार ५७८ दशमलव १६ विन्दुसम्म उकालो लागेको थियो भने १ हजार ५४६ दशमलव ६८ विन्दुसम्म झरेको थियो । साताको अन्तिम कारोबार दिन भएकाले पनि यो दिन लगानीकर्ताहरुको कारोबारमा उत्साहजनक सहभागीता रहेको देखिन्छ । बिहीवार ३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार रूपैयाँ बराबरको १ करोड ३२ लाख १६ हजार २३४ कित्ता शेयर खरिद विक्री भएको छ । साताको पाँच कार्यदिनको कारोबारमा बिहीवारनै उच्च रकमको कारोबार भएको हो । यस अघि आइतवार ३ अर्ब ३८ करोड ६८ लाख ५९ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको थियो ।
बिहीवार निर्जीवन बीमा समूह बाहेकका सबै परिसूचक बढेको छ । यस दिन होटल, जलविद्युत र वित्त समूहको परिसूचक सर्वाधिक बढेको हो । होटल समूहको परिसूचक ९ दशमलव ३७ प्रतिशत, जलविद्युत समूहको ७ दशमलव ३६ प्रतिशत र वित्त समूहको ६ दशमलव १३ प्रतिशत परिसूचक बढेको हो । त्यस्तै बैंकिङ समूहको २ दशमलव ३ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव ६५ प्रतिशत, विकास बैंकको ३ दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४४ प्रतिशत, अन्यको शून्य दशमलव ८६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४७ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको हो । यो दिन निर्जीवन बीमा समूहको मात्र शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक घटेको छ ।
बिहीबार चार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल, हिमाल दोलखा हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको हो । दोहोरो अंकले बढेको बजारमा एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७३ प्रतिशत घटेको छ । बिहीवार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९८ लाख ६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य भने यो दिन प्रतिकित्ता रू. ८ ले शेयरमूल्य घटेर अन्तिम मूल्य रू. ८७६ कायम भएको छ ।
प्रतिक्रिया