नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
नेपालखोज
२०७७ असोज १ गते १६:४५
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट नेपालमा बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । आज थप ४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८३ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया