सोमबार, वैशाख ८, २०८२

पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण

नेपालखोज २०७७ असोज १ गते १७:०३

काठमाडौं । मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा आयोजित एक सामान्य कार्यक्रमकावीच पत्रकार थापालाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गरिएको  हो ।

त्यस अवसरमा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोका, महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की कान्तिपुर हटलाइनका पत्रकारद्दय विष्णु विष्ट , त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाइ समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिए ।

प्रतिक्रिया