सोमबार, वैशाख १५, २०८२

वरिष्ठ नेता खनाल र भारतीय राजदूतबीच भेट

नेपालखोज २०७७ असोज १ गते १८:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

खनाल निवास डल्लुमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनाल र राजदूत क्वात्राबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया