राष्ट्रियसभा सदस्य गौतमद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
नेपालखोज
२०७७ असोज १ गते १९:४४
काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सो अवसरमा गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार प्रकट गरेका छन् । राष्ट्रियसभाको गरिमा बढाउन नियमावलीअनुसार काम गर्ने भन्दै उनले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया