बुधबार, असार ६, २०८१

जनकपुरधाममा एक हप्ताभित्रै रेल ल्याउने तयारी

नेपालखोज २०७७ असोज १ गते २०:१६

नकपुरधाम । कुर्था–जनकपुरधाम–जयनगर रेल सञ्चालनको लागि तयार गरिएको रेल सेट नेपाल ल्याउने तयारी भएको छ ।

विभागले एक हप्ताभित्र नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार गरिएको रेल सेट नेपाल आइपुग्ने जनाएको छ । रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट छिटो भन्दा छिटो ल्याउने तयारी गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

लामो समयको प्रतिक्षा पछि कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन ल्याउने तयारी शुरु गरिएको विभागले जनाएको छ । बगीको दुवै सेट तथा ४ वटा इन्जिन बिहारको हाजीपुर स्टेशनमा अहिले राखिएको मिश्रले बताए ।

प्रतिक्रिया