नेपालको झण्डा अंकित दुई वटा रेल आज नेपाल आउँदै
नेपालखोज
२०७७ असोज २ गते ८:२१
काठमाडौं । भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अंकित रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ ।
भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गरिएको रेल आज नेपाल ल्याउन लागिएको हो । ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेको रेल सेवा आवश्यक कानुन बनाएर दशैं–तिहारपछि नियमित रुपमा रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया