सोमबार, वैशाख १५, २०८२

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

नेपालखोज २०७७ असोज २ गते ९:३१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठक आइतबारसम्मका लागि सारिएको पौडेलले बताए । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उनले बताए ।

प्रतिक्रिया