शनिबार, वैशाख १५, २०८१

‘हिँड्दा हिँड्दै’ शर्माको अर्को गीत (भिडियोसहित)

नेपालखोज २०७७ असोज २ गते १३:०९

काठमाडौं । पछिल्लो पटक विविधतायुक्त गीत लेखनमा कहलिएको नाम हो अम्बिका शर्मा । प्रेमदेखि राष्ट्रभक्तिसम्म, समसामयिकदेखि सामाजिक चेतनामूलकसम्म सन्देश बोकेका उनका गीत प्रायः चर्चित हुने गरेका छन् । त्यही मेसो उनले अर्को गीत लेखेकी छन्– ‘हिँड्दा हिँड्दै’ ।

गीतमा आफुले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गर्न नसक्दाको परिस्थितीलाई दर्शाउन खोजिएको छ । केटीले एकजना केटालाई मन पराउन थालेको, उनले केटाको हरेक क्रियाकलापलाई फलो गरिरहेको अनि त्यो थाहा पाएपछि केटाले प्रेमभाव देखाएको कुरालाई सहज तरिकाले म्यूजिक भिडियोमा दर्शाइएको छ ।

चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत संयोजन रहेको ‘हिँड्दा हिँड्दै’मा गायिका सुप्रिया शर्माको स्वर रहेको छ । मनमोहक संगीत संयोजन गर्न अब्बल मानिने संगीतकार पोखरेलका सवै संगीत सिर्जनाहरु लोकप्रिय छन् ।

गीतकार शर्माको भर्खरै मात्र १६ जना कलाकारको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भइसकेको छ । उक्त देशभक्ति गीत छोटो समयमै भाइरल भइरहेको छ । त्यस्तै, ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘तिम्रो मायामा हराउन थालेको धेरै भो’, ‘तिम्रो बाहेक अरु को छ र मैले लिने नाउ’, ‘तिम्रो मायामा’ ‘एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमा’ लगायतका दर्जनौं हिट गीत बजारमा आइसकेका छन् ।

करोडौं जनमानसले मन पराउने शब्द सिर्जना गर्ने खुबी भएकी शर्मा सक्रिय समाजसेवीका रुपमा परिचित छन् । साहित्य, संगीत र आध्यात्मिक क्षेत्रमा समेत उनको अभिरुची छ । दर्जनौं चलचित्रमा समेत गीत रचना गरिसकेकी शर्माका सवै गीतहरु उत्तिकै चर्चित छन् ।

गायिका सुप्रिया शर्माले यसै गीतबाट डेब्यू गरेकी हुन् । निकेश खड्काको निर्देशनमा बनेको यस म्यूजिक भिडियोमा पल शाह र सुपुष्पा भट्टको जीवन्त अभिनय देख्न सकिनेछ । गीत हेर्दा गायिका सुप्रियाले नायिका सुपुष्पाकै लागि स्वर दिएको जस्तो लाग्दछ । पल र सपुष्पाको क्यामेष्ट्री पनि गज्जबले मिलेको छ । गायिका शर्माको पहिलो गीत भएता पनि उहाँको मेहनत र लगनशीलताले हामीले उत्कृष्ट सिर्जना जन्माउन सकेको संगीतकार अर्जुन पोखरेलको भनाइ छ ।

विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन तथा सुबोल थापाको कोरियोग्राफिमा निर्माण भएको यस म्यूजिक भिडियोमा पुरुषोत्तम सुवेदीले गीत एरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोलाई ‘द डिभाइन म्यूजिक’को अफिसियल यूट्यूव च्यानलबाट आजै सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया