मंगलबार, असार १७, २०८२

आम माफीका लागि ३०२ जना कैदीको नाम राष्ट्रपति समक्ष सिफारिस

नेपालखोज २०७७ असोज २ गते १९:४४

काठमाडौं । संविधान दिवसको दिन भोलि ३ सय २ जना कैदीलाई आम माफी दिन राष्ट्रपतिलाई सिफारिस गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि भोलि उनिहरु छुट्ने छन् ।

सरकारले संविधान दिवस र गणतन्त्र दिवसका दिन कैदीलाई आम माफी दिँदै आएको छ । ५० प्रतिशत कैद भुक्तान भएका, असल चालचलन भएका र नकारात्मक कसुरको सूचीमा नपरेका कैदीलाई आम माफी दिने गरिएको छ ।

गम्भिर प्रकृतिका करिब दुई दर्जन कसुरमा भने आम माफीको व्यवस्था छैन। बलात्कार, लागु औषधलगायत मुद्धाका कैदीले आम माफी पाउने गरेका छन ।

प्रतिक्रिया