आइतबार, वैशाख ७, २०८२

नेपालमा प्राकृतिक विपत्तिका घटना : पाँच महिनामै ३ सय ७४ जनाको मृत्यु, ४ सय २० जना घाइते

नेपालखोज २०७७ असोज २ गते १९:५३

काठमाडौं । गएको पाँच महिनामा विभिन्न प्राकृतिक विपत्तिमा परेर ३ सय ७४ जनाको मृत्यु भएको छ । देशभर आएको बाढी, पहिरो, चट्याङ लगायतका विपत्तमा परेर ३ सय ७४ जनाको मृत्यु भएको हो ।

त्यस्तै १ सय १ जना बेपत्ता भएका छन् । ४ सय २० जना घाइते भएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापाले यसबारे जानकारी दिए । सबैभन्दा धेरै पहिरोमा परेर मानिसको मृत्यु भएको छ । २ सय ७१ जनाले पहिरोमा परेर ज्यान गुमाएका छन् ।

६५ जना पहिरोको कारण बेपत्ता भएका छन् । २ सय ६ जना घाइते छन् । त्यसैगरी बाढीमा परेर ३९ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । चट्याङ् लागेर मृत्यु हुनेको सङ्ख्या पनि ६४ रहेको छ । २ सय ३ जना घाइते भएका छन् ।

प्रतिक्रिया