कसैलाई भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दावी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई भ्रष्टाचार गर्न नदिने दावी गरेका छन् । उनले भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता जनाएका छन् । संविधान दिवसको अवसरमा आज बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबी समेत गरेका छन् । प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।
प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको पनि बताए । उनले कोरोनाको महामारीमा पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउँदै विकासको गति केही सुस्त भए पनि नरोकिएको तर्क गरेका छन् ।
प्रधानमन्त्री ओलीले महामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा सरकार रहेको दावी समेत गरेका छन् ।
प्रतिक्रिया