सर्वोच्च अदालत : कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न आदेश
नेपालखोज
२०७७ असोज ३ गते १५:३३
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड(१९) रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले कोरोना नियन्त्रणमा लागेको खर्चको सूचना माग्न आएमा नागरिकलाई सहजरुपमा दिन पनि आदेशमा दिएको हो ।
लकडाउनमा कोरोना नियन्त्रणका लागि भएको खर्च विवरण दिन नमानेको भन्दै अधिवक्ता कीर्तिनाथ शर्मा, मनिषकुमार श्रेष्ठ, प्रतिभा उप्रेती र सन्तोष भण्डारीले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले गत असार २५ गते दिएको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीए समन्वय समितिलगायत निकायका नाममा उक्त आदेश दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया