बिहीबार, वैशाख १३, २०८१

युएई सरकारलाई पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह

नेपालखोज २०७७ असोज ४ गते १६:०२

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेकाछन ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुुन ।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे ।

राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका थिए । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराएका थिए ।

प्रतिक्रिया