शनिबार, असार २, २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पदार्थसहितको पत्र पठाईएको खुलासा

नेपालखोज २०७७ असोज ४ गते १९:०२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ ।

उक्त पत्र ह्वाइट हाउस पुग्नु भन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरिक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो ।

अमेरिकी संघिय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनको क्रममा उक्त पत्र क्यानाडाबाट पठाईएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । उनीहरुले यस्तै पत्र अरु पनि हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारेका छन् ।

प्रतिक्रिया