बिहीबार, कार्तिक २२, २०८१

सोमवार घटेको बजारमा दुई घण्टामा १ अर्ब १६ करोडभन्दा बढीको कारोबार, युनाइटेड फाइनान्सको शेयरमूल्यमा १० प्रतिशतको बृद्धि

नेपालखोज २०७७ असोज ५ गते १३:२१

काठमाडौं । सोमवार शेयर बजार घटिरहेको छ । दुई घण्टाको कारोबार अवधिसम्म ६ दशमलव ७४ अंक घटेर बजार १ अहजार ५६८ दशमलव ४४ विन्दुमा झरेको छ । यो अवधिमा ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७४ अंक घटेर ३११ दशमलव ८८ विन्दुमा झरेको छ ।

घटेको बजारमा युनाइटेड फाइनान्सको शेयरमूल्य भने १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमा सोमवार उच्च माग देखिएको छ भने विक्री कर्ता शून्य रहेका छन् । सोमवार १ बजेसम्म युनाइटेड फाइनान्सको ३६ हजार ५३८ कित्ता शेयर खरिद गर्ने माग रहेको छ । यो अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता २० रूपैयाँले बढेको छ ।

दुई घण्टामा १ अर्ब १६ करोड ६७ लाख ३६ हजार रूपैयाँको शेयर कारोबार भएको छ । कुल कारोबार रकममा सर्वाधिक हिस्सा यो दिन नेपाल बैंकले ओगटेको छ । दुई घण्टामा नेपाल बैंकको ९ करोड ९५ लाख ४९ हजार रूपैयाँको शेयर खरिद विक्री भएको हो । समूहगत परिसूचक मध्य ११ मा अन्य समूहको शून्य दशमलव २२ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो अवधिमा सर्वाधिक परिसूचक व्यापारिक समूहको १ दशमलव ३१ प्रतिशत, होटलको १ दशमलव ८३ प्रतिशत र जलविद्युतको १ दशमलव २६ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया