शुक्रबार, वैशाख १४, २०८१

हुण्डाईको ‘नयाँ क्रेटा-दि अल्टिमेट एस.यू.भि’ नेपाली बजारमा

नेपालखोज २०७७ असोज ५ गते १६:१४

काठमाडौ । नेपालको लागि हुण्डाई मोर्टसको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लीले निकै प्रतिक्षारत हुण्डाईको नयाँ क्रेटा(दि अल्टिमेट एस.यू.भि नेपालीबजारमा सार्वजनिक गरेको छ । सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी क्रेटा(दि अल्टिमेट एस.यू.भि नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा(दि अल्टिमेट एसयूभिले ग्राहकबिच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।”

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ “दि अल्टिमेट एस.यू.भि” बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो । नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि।जि।टी डिजेल इन्जिन रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया