बुधबार, वैशाख १२, २०८१

निश्चल बस्नेत र स्वस्तिमा खड्का बने भायानेटको ब्राण्ड एम्बेस्डर

नेपालखोज २०७७ असोज ६ गते ७:३५

काठमाडौं । विगत २० वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवाप्रदान गर्दै आएको भायानेटले आफ्नो बजार प्रवद्र्धनको लागि नेपालकै सबैभन्दा लोकप्रिय र प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरकोरुपमा आवद्ध गरेको छ ।

बस्नेत र खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समय सापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामीबजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडिलाई आवद्ध गरेको हो ।

यस आवद्धताको बारेमा बोल्दै निश्चल र स्वस्तिमाले, अहिलेको जमानामा इन्टरनेट नभईन हुने कुरा हो र भायानेटले जहिले पनि आफ्ना ग्राहकहरुलाई अपडेटेड राख्न मद्दत गर्दछ, यसको विश्वासिलो सेवाले गर्दा नै हामी यसको ब्राण्ड एम्बेस्डर बनेका हौं बताए ।

भायानेटका सि.ई.ओ सेवा पाठकले भने, ‘हामीले जब भायानेटको लागि ब्राण्ड एम्बेस्डरको बारेमा सोच्यौं तब बहुमतले नै निश्चल बस्नेत र स्वस्तिमा खड्काको नाम अगाडि आयो, उहाँहरुलाई यसरी आवद्ध गर्न पाउँदा हामी ज्यादै खुशी छौं । भविष्यमा यस आवद्धताले सफलता पाउने छ भनेर हामीले विश्वास लिएका छौं ।’

प्रतिक्रिया