शनिबार, असार २१, २०८२

नेकपा सचिवालय बैठक आज बस्दै

नेपालखोज २०७७ असोज ६ गते ८:५३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बस्दैछ ।

आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेको थियो । आइतबार मन्त्रिपरिषद् पुनर्गठनसहितका विभिन्न एजेन्डामा छलफल भए पनि मन्त्रीको नाम भने टुंगो लागेको थिए । मन्त्रीको नाममा थप छलफल गर्नुपर्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको हो ।

मन्त्रीको नामको विषयमा सोमबार अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलमा भएको छ । पहिलो पटक आइतबार पेरिसडाँडामा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन तरिकामा अहिलेको मन्त्रिपरिषद् हेरफेर गर्न सकिने प्रस्ताव राखेका थिए । उनले पूरै मन्त्रिपरिषद् फेर्ने वा केही मन्त्रीहरुलाई मात्र फेर्ने राखेको प्रस्तावमध्ये दोस्रोमा अधिकांश सचिवालय सदस्यले सहमति जनाएका थिए ।

सोमबारको भएको भेटमा प्रचण्ड र ओलीबीच सम्भावित मन्त्रीको बारेमा छलफल भएको छ । प्रचण्डसँगको छलफलपछि मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै दिइएको छ । मन्त्रीको नाममा विवाद कम होस् भनेर प्रधानमन्त्री ओलीले सचिवालयमा नामको विषयमासमेत छलफल गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

सचिवालय आइतबार छलफल सुरु भएका थप एजेण्डामा मंगलबार छलफल हुँदैछ । बैठकमा केन्द्रीय सदस्यलाई नियमित पैसाको व्यवस्था गर्ने र पार्टीको सांगठनिक एकीकरणको विषयमा छलफल भएको थियो। त्यस्तै पार्टीको संगठन विभाग, स्थायी समिति र केन्द्रीय समितिको पदपूर्ति र केही कारबाही, संवैधानिक नियुक्ति लगायतको विषय आइतबारको बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया