रक्तचन्दनको कारोवार गर्ने व्यक्तिहरु पक्राउ
काठमाडौं । रक्तचन्दनको कारोबार गर्ने व्यक्तिहरु पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार कारोवारमा संलग्न भएको देखिएको आधारमा नुवाकोट घर भई हाल काठमाडौंको बौद्ध तिनचुुले बस्ने १८ बर्षिय सुनिल तामाङ, नुवाकोट नै घर भई काठमाडौंको बौद्ध तिनचुुले बस्ने २८ बर्षिय ओम बहादुर तामाङ, काभ्रेको तिमाल घर भई हाल ललितपुरको पाटनमा बस्ने २९ बर्षिय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बुु घर भई काठमाडौंको बौद्ध तिनचुुले बस्ने ४२ बर्षिय लाक्पा लामालाई पक्राउ गरिएको हो ।
अवैधरुपमा रक्तचन्दनको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजी गर्दे जाँदा यही असोज चार गते महानगरीय अपराध महाशाखाको विशेष टोलीले बौद्धको तिनचुुलेस्थित बुुद्धभुमी टोलमा रहेको डमरु कारखाना (फर्निचर) मा खानतलासी गर्दा सो भित्र बिक्रीबितरण गर्ने उदेश्यले सो कारखाना भित्र रहेको सुनिल तामाङ समेतको कोठाबाट लुुकाई छिपाई राखेको अवस्थामा २१ केजी रक्तचन्दन जस्तो देखिने दुुई वटा मुुडा बरामद गरिएको हो ।
सो पश्चात उनीहरुलाई पक्राउ गरी आवस्यक कानुनी कारवाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बरामद गरिएको २१ केजी रक्तचन्दनको अन्दाजी मुल्य एक लाख ८६ हजार एक सय ५० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया